धनकुटा । सहिद भूमि गाउँपालिका धनकुटाले एक कार्यक्रमका बीच किसानलाई उन्नत जातका बोयर बाख्रा तथा बोका वितरण गरेको छ ।
गाउँपालिकाको वडा नं १ धापमा रहेको धाप इनोभेटिक पशुपालन कृषि समूह लाई १३ ओटा उन्नत जातको बोयर बाख्रा तथा २ ओटा उपाध्यक्ष रत्नश्वरी राईले वितरण गरिएको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए ।
मासुमा आत्मनिर्भर तथा व्यवसायीक पशुपालन व्यवसाय विस्तारका लागि गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राका साना व्यवसाय उत्पादन केन्द्र पकेट विकास कार्यक्रम बाट ३ लाख बराबरको बाख्रा तथा बोका खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले जम्मा ५ ओटा कृषि कृषि समूहलाई वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।




