२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १५ असार । मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धान उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार छ हजार मेट्रिक टन धान थप उत्पादन भयो भने नेपालमा धानमा आत्मनिर्भर हुन्छ । २०७६/७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ ।

नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ । यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ तर धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकेको हो । आत्मनिर्भर हुन सक्नुमा मुख्य कारण ऐन कानुन नै रहेको प्रवक्ता घिमिरेले बताउनुभयो । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।

प्रदेश १ मा तीन लाख मेट्रिक टनभन्दा बढी उत्पादन

प्रदेश १ धानमा आत्मनिर्भर रहेको छ । यो प्रदेश आत्मनिर्भर मात्र होइन, वार्षिक तीन लाख मेट्रिक टन अन्य प्रदेशलाई पनि पठाउँछ । यो प्रदेशलाई करिब १० लाख मेट्रिक टन धान भए पुग्छ जब कि यसको उत्पादन १३ लाख मेट्रिक टनभन्दा बढी छ । यो प्रदेशका तराईका तीन जिल्लाको तीन लाख ४० हजार हेक्टर क्षेत्रफललाई धान
खेतीयोग्य मानिन्छ ।

तीन लाख २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । अनुकूल मौसम, उन्नत बीउ तथा मल, सिँचाइयोग्य जमिनको सहज प्रबन्धका कारण बर्सेनि उत्पादकत्व भने बढ्दै गएको छ । प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार पछिल्लो १० वर्षमा धान खेतीयोग्य २५ हजार हेक्टर क्षेत्रफल जमिन घटेको छ । यद्यपि अनुकूल मौसमका कारण गत वर्ष समयमै धान रोपिएका कारण २०७६/७७ को तुलनामा २०७७/७८ मा दुई हजार ६२५ हेक्टर थप क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

उहाँका अनुसार पछिल्लो १० वर्षमा धान प्रतिहेक्टर तीन मेट्रिक टनबाट चार मेट्रिक टन उत्पादकत्वमा वृद्धि भएको छ । रोग कीराको प्रकोप नहुँदा र समयमै वर्षात् भएका कारण आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा धानको उत्पादन वृद्धि भएको हो ।

प्रदेश १ मा गत वर्ष १३ लाख ११ हजार २४५.१४७ मेट्रिक टन र अघिल्लो वर्ष ११ लाख ९८ हजार ७४०.५० मेट्रिक धन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष धानको उत्पादकत्व ३.७४ प्रतिहेक्टर रहेको थियो भने गत वर्ष ३.९४ प्रतिहेक्टर देखिएको छ । यो वर्षसमेत मौसम अनुकूल रहेका कारण असार १४ गतेसम्म ६१ हजार ५४१ हेक्टर क्षेत्रफल अर्थात् १८ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!