२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १५ असार । हालसम्म १४ जिल्ला रहेको प्रदेशको पहाडी क्षेत्रमा २८ र तराईमा १४ प्रतिशत धान रोपाइँ सकिएको छ । मुलुकले असार १५ अर्थात आज (मङ्गलबार) धान दिवस मनाइरहँदा समग्रमा प्रदेशमा भने १८ प्रतिशत रोपाइँ सकिएको छ । गतवर्षको तुलनामा यसवर्ष धेरै रोपाइँ भएको हो । गतवर्ष असार १५ सम्ममा २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यो अवधिमा यसवर्ष छ प्रतिशत बढेर २८ प्रतिशत रोपाइँ भइसकेको सरकारी तथ्याङ्क छ ।

कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार हालसम्म ३२ हजार २१ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । प्रदेशमा दुई लाख २५ हजार आठ सय हेक्टरमा धान रोपाइँ हुने गरेको छ । पहाडी क्षेत्रमा ९० हजार नौ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपिन्छ । पहाडमा हालसम्म २५ हजार पाँच सय आठ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यसवर्ष समयमै मनसुन भित्रिएर निरन्तर वर्षा भइरहेकाले पहाडी क्षेत्रमा रोपाइँ उल्लेख्य भएको कृषि विज्ञ नेत्रमणि काफ्लेको भनाइ छ । उनका अनुसार अहिले धान रोपाइँका लागि पहाडी तथा तराई क्षेत्रमा उपयुक्त समय हो । आकाशे पानीको भरमा रोपाइँ हुनुपर्ने ठाउँमा पनि अहिले निरन्तरको वर्षाले पानी पर्याप्त पुगेको काफ्लेले बताए ।

हिमाली तथा उच्च पहाडी जिल्ला सोलुखुम्बुमा ४६ प्रतिशत धान रोपाइँ सकिएको छ । आठ हजार सात सय ३७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने ताप्लेजुङमा २२, १३ हजार आठ सय ५१ हेक्टरमध्ये सङ्खुवासभामा १०, चार हजार चार सय तीन हेक्टरमध्ये ओखलढुङ्गामा ११ प्रतिशत रोपाइँ सकिएको छ ।

१८ हजार ९२ हेक्टरमध्ये भोजपुरमा ५०, सात हजार नौ सय ५० हेक्टरमध्ये धनकुटामा १५, १० हजार एक सय ७५ हेक्टरमध्ये तेह्रथुममा ३५ प्रतिशत रोपाइँ भएको छ । १३ हजार तीन सय ८० हेक्टरमा रोपाइँ हुने उदयपुरमा १२, १२ हजार आठ सय ९८ हेक्टरमध्ये खोटाङमा ३०, नौ हजार दुई सय तीन हेक्टर क्षेत्रफलमध्ये पाँचथरमा २७ र १४ हजार आठ सय १५ हेक्टरमध्ये इलाममा २२ प्रतिशत रोपाइँ भएको छ ।

प्रदेश १ मा तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा सबैभन्दा धेरै धान रोपाइँ हुँदै आएको छ । तराईका जिल्ला अन्न भण्डारका रूपमा परिचित छन् । ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुने झापामा १७ प्रतिशत रोपाइँ सकिएको छ । झापालाई धान जोन क्षेत्र भनेर चिनिन्छ । ८३ हजार तीन सय हेक्टर क्षेत्रफलमध्ये मोरङमा १२ प्रतिशत धान रोपाइँ सकिएको छ । सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।

धान उत्पादनका लागि राम्रै पहिचान बनाएको मोरङमा २०७२ सालमा आएको बाढीले लोहन्द्रा खोलाको नहर बगाउँदा १० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ प्रभावित हुँदै आएको । कृषि विकास निर्देशनालयका अनुसार रोपाइँको सिजन चलिरहेको छ । पहाडी क्षेत्रमा साउनसम्म रोपेको धानले उत्पादन राम्रो दिन्छ । तराईका जिल्लामा भदौ १५ सम्म रोपाइँ हुने काफ्लेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!