२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ असार । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित तीन जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।

मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रीत लागुऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको धरान उप–महानगरपालिका–८ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय बिमल भुजेल र धरान–१५ का ४१ बर्षीय आईतराज लिम्बनुलाई तीन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!