
काठमाडाैँ, १८ असार । लुम्बिनी प्रदेशकी भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।
जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।