२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ असार । मोरङ जिल्लामा असार २८ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार सोमबार बिहान बसेको सिसिएमको बैठकले आज राति १२ बजेदेखि असार २८ गते मध्यरातिसम्मका लागि ११औँ पटक निषेधाज्ञा थपेको हो ।

उनका अनुसार मङ्गलबारदेखि मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुनेछन् । सवारीसाधन जिल्लाभर मात्रै सञ्चालन हुन पाउनेछन् ।  लामा दुरीका सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ ।

यस्तै, सोही अवधिसम्म ब्युटी पार्लर, शैलुनबाहेक सबै किसिमका पसलहरू बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । अरू निर्णय भने यथावत छ । शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न नपाइने निर्णय यथावत राखिएको छ ।

यसअघि ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णाय प्रशासनले गरेको थियो । कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!