विराटनगर, २१ असार । सुनसरीको हरिनगर गाउँपालिकाबाट अवैध रुपमा नेपाल भित्र्याइएको ८ बोरा चिनी बरामद गरिएको छ । मंगलबार सुनसरीको घुस्की सशस्त्र प्रहरी बलले अवैध रुपमा भन्सार छली गरेर ल्याईएको समान बरामद गरेको हो ।
सुनसरीको हरीनगर गाउँपालिका वडा नं ७ को जम्सेद मियाँको घरबाट विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले ८ बोरा चिनी बरामद गरेको हो ।




