२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ असार । सुनसरीबाट ढेड सय किलो गाँजा बोकेको गाडीसहित दुई जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ वर्षीय अमिर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबा बिहान एक बजेतिर इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

चतराबाट आइरहेको को२च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भेनबाट १५० किलो गाँजा भेटिएको थियो ।
थप, शंका लागेपछि खानतलासी गर्दा गाडीको सिटमा राखिएको अवस्था एक थान नक्कली रिवलबल पेस्तोल फेला परेको थियो । प्रहरीलाई देख्नसाथ अन्य दुई जना तत्काल फरार भएका थिए । फरार रहेका २ जनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!