२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान । धरान उपमहानगरपालिकाले किसानलाई ८ क्वाईल पाईप हस्तान्तरण गरेको छ ।

मङ्गलबार धरान उपमहानगरपालिका परिसरमा उपमेयर मञ्जु भण्डारीले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देशिय कृषि समूहका किसानलाई ८ क्वाईल पाईप हस्तान्तरण गरेकी हुन् । उपमेयर भण्डारीले विष्णुपादुकामा रैथाने धान भड्डु धान उत्पादन हुने बताउँदै यस धानलाई संरक्षण गर्न उपमहानगरपालिका लागेको बताइन् ।

धरान उपमहानगरपालिकाका कृषि शाखा अधिकृत नगेन्द्र तामाङका अनुसार कृषि समुहलाई ४ लाख ८३ हजार रुपैयाँ बराबरको पाईप प्रदान गरिएको हो । संघीय सरकारको ससर्त अनुदानको राष्ट्रिय महत्वको बाली प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत किसानलाई पाईप उपलब्ध गराईएको उनले जानकारी दिइन् ।

संघिय सरकारबाट ससर्त अनुदान भनेर २० लाख रुपैया बजेट आएको छ । राष्ट्रिय महत्वको बाली (रैथाने धान) धान पकेट कार्यक्रम सञ्चालनका लागि उक्त बजेट आएको हो । कोकाहा बहुउद्देशिय कृषि समूहमा १६ जना छन् । लाभान्बित घर परिवार संख्या ४० जना छन् । विष्णुपादुकाको २० हेक्टर जमिनमा स्थानीय रैथाने भड्डु धान रोप्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!