काठमाडौ, असार २८ गते । कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरीकाले दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाललाई हस्तान्तरण गरिएकाे छ ।
आजै काठमाडौं आईपुगेको साे खाेप बालुवाटारमा आयाेजित एक कार्यक्रममार्फत अमेरिकी राजदूत रेण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्। एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख जनाले लगाउन पाउने छन् ।




