
काठमाडाैँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मङ्गलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच देउवाले शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापना गर्दै देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सर्वोच्चको परमादेशपछि संविधानको धारा ७६ को उपधारा (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । कांग्रेस सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । यसअघि उनी चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।