उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा चट्याङले लागेर दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खेतमा स्थानीय ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदा रहेकी छन् । खेतमा काम गरिरहेको अवस्थामा परेको चट्याङले लागेर ललिता र फूलकुमारी गम्भीर घाइते भएका थिए ।
उनीहरूको उपचारका क्रममा मङ्गलबार साँझ जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




