२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आनदोलनरत् संयुक्त सङ्घर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचबुँदे ध्यानाकर्षण पत्र पठाएको छ । बुधबार सङ्घर्षरत समितिले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाएको हो ।

पत्रमा छानबिनबाट दोषी देखिएकालाई तत्काल कारबाही गर्न माग गरिएको छ । बिपी प्रतिष्ठानमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने, प्रतिष्ठानका चारै जना पदाधिकारीलाई हटाउनुपर्ने माग राख्दै सङ्घर्ष समितिले देउवालाई पत्र पठाएको हो ।

छानबिन आयोगमा सङ्घर्ष समितिका प्रतिनिधि, स्वास्थ्य, अर्थ, शिक्षा मन्त्रालयलगायत प्रतिष्ठानका पूर्वपदाधिकारी र विज्ञसमेत संलग्न हुनुपर्ने माग गरिएको छ । उक्त समितिले प्रधानमन्त्री देउवालाई ४८ घण्टाको अल्टिमेटमसमेत दिएको छ । उक्त अवधिभित्र माग पूरा नभए शुक्रबारदेखि हरेक दिन बिहान ८–१० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार, पूर्वनिर्धारित परीक्षा रोक्ने चेतावनी सङ्घर्ष समितिले दिएको छ ।

चिठीमा आन्दोलनरत् समूहसँग ४८ घण्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटी गठन गर्नुपर्ने माग गरिएको छ । बिपी प्रतिष्ठानमा एक महिनादेखि चिकित्सक र विद्यार्थी आन्दोलनरत् छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!