काठमाडाैँ । नेपाली काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट बुधबार बिहान हाजिर भएका हुन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद प्रकरणमा मुछिएका गच्छदारविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएपछि म्याद नबुझी फरार थिए । अदालतले सार्वजनिक सूचना जारी गर्दा अदालतमा हाजिर गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट हाजिर भएका हुन् ।




