२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान । डाक्टर गोविन्द्र केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वर्तमान चार जना पदाधिकारीहरूलाई बर्खास्त गर्न सङ्घीय सरकारसँग माग गरेका छन् । एक महिनायता प्रतिष्ठानमा जारी कर्मचारी चिकित्सक र विद्यार्थीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आएका केसीले हस्तक्षेपका कारण प्रतिष्ठान धराशायी भएको बताउँदै कर्मचारीलाई बर्खास्त गर्न माग गरेका हुन् ।

बिपीमा विगत एक महिनायता प्रतिष्ठान शुद्धीकरण अभियानसहित आन्दोलन थालेका चिकित्सक, नर्स र कर्मचारीहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउन उनी धरान आएका हुन् । धरानमा उनले चारजना पदाधिकारीलाई कारवाही नगरेसम्म प्रतिष्ठान सुधार हुन नसक्ने ठोकुवा गर्दै राजनीतिक हस्तक्षेप बढेका कारण बिपी धराशायी बनेको बताए ।

डा. केसीले बिपी प्रतिष्ठानमा पछिल्लो समय नियुक्ति भएका पदाधिकारीहरूले स्वास्थ्य र शिक्षा सुधार गर्न छाडेर औषधि, उपकरण खरिद गर्दा जहिल्यै भ्रष्ट्राचार गरी धराशायी बनाएको भन्दै आर्थिक अनियमितता गर्ने सबैलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।

उनले बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहलाई तत्काल बर्खास्त गर्न र उनीहरूले गरेका सबैखाले आर्थिक अनियमिताका घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न समेत माग गरेका छन् ।

‘शिक्षा र स्वास्थ्यलाई सेवा मुलक क्षेत्र मानिन्छ,’ उनले भने ,‘तर नेपालमा पोलिटिसियन र कालोबजारी मिलेकाहरूसँग मिलेर यसलाई नाफामुलक बनाए ।’ भागबण्डा गरेर प्रतिष्ठानमा नियुक्ति गर्दा समस्या देखिएको उनले बताए । ‘एकातिर व्यापारीकरण गर्ने र सार्वजकि प्रतिष्ठानहरूमा चाहिँ आफ्ना अयोग्य भ्रष्ट कार्यकर्ता पठाउने,’ उनले भने, ‘प्रजातन्त्र आएपछि नियमअनुसार देश चलाउँछन् भनेको तर यिनीहरूले विथोले, तोडमोड गरेर आफ्नो स्वार्थअनुसार गरे ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!