२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । हतियार र लागुऔषधसहित नेपाल प्रवेश गर्दैगरेका भारतीय नागरिकलाई प्रहरीले विराटनगर महानगरपालिकादेखि पक्राउ गरेको छ । पेस्तोलसहितका हतियार र लागुऔगषध बोकर आउँदै गरेका भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत–९ ईन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई विराटनगर–१६ स्थित भत्केको वालनजिकबाट प्रहरीले पक्राउ गरेको हो ,

सशस्त्र प्रहरीले बुधबार राति करिब साढे १० बजे प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल मोरङका डिएसपी गोपीकृष्ण ठाकुरका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोल, लागुऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ ।

सशस्त्र प्रहरी स्रोतका अनुसार पटेल हतियार र लागुऔषधका कारोबारी हुन् । जोगवनीमा बसेर नेपाल केन्द्रित कारोबार सञ्चालन गरिरहेका उनी नेपालमा आफ्नो सम्पर्कमा रहेका अपराधिक पृष्ठभूमिका व्यक्तिलाई पु¥याउन आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । प्रहरीले उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!