२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३१ असार । पूर्व–प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन् ।

बिपी विकृति र विसंगतिहरूको अन्त्य तथा प्रतिष्ठानको पदाधिकारी नियुक्तिलाई राजनीतिक हस्तक्षेपमुक्त राख्दै प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने मागसहित प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरूलाई ऐक्यवद्धता जनाउँदै बाबुरामले यस्तो बताएका हुन् । विगत एक महिनायता बिपी प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरू मिलेर प्रतिष्ठान शुद्धीकरण अभियान थालेका थिए । पटक–पटक प्रतिष्ठानका पदाधिकारी र सङ्घर्ष समितिबीचको वार्ता सफल हुन सकेको छैन ।

‘नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद छ’, बाबुरामले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयहरू, प्रतिष्ठानहरू तथा अन्य प्राज्ञिक क्षेत्रमा हुने प्रत्येक नियुक्तिहरू स्थापित मापदण्डअनुरुप तथा कार्यक्षेत्र र कार्यप्रकृतिको मर्यादा कायम गर्ने हैसियतका हनपर्छ भन्ने हाम्रो सदैव अडान रहेको छ । यसअनुरूपको नेतृत्वले मात्र संस्थालाई सही दिशामा हाक्न सक्दछ भन्ने हाम्रो विश्वास छ ।’

‘निवर्तमान सरकारले जारी अभियानलाई चिकित्सा शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्ने अवसरको रूपमा सम्बोधन गर्नुपर्नेमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रतिष्ठानसँग सम्बन्धित व्यक्तिहरू तथा नागरिक अगुवाहरूको गिरफ्तारीले निवर्तमान सरकारको गैरजिम्मेवारपन अझ उदाङ्गिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अतः जारी अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार र विशेष गरी प्रधानमन्त्रीसमक्ष तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आव्हान गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!