२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३१ असार । विराटनगर महानगरपालिका–११ बसपार्कस्थित मृत अवस्थामा एक जना महिला फेला परेकी छिन् । बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी महिला बिहीबार मध्याह्नतिर मृत अवस्थमा फेला परेकी हुन् ।

चिया पसलभित्र अन्दाजी ४० वर्षीया महिला मृत भेटिएकी हुन् । प्रहरीका अनुसार चिया पसल भित्र घाेप्टाे परेकाे अवस्थामा शव भेटिएको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ ।

घटना स्थलमा अहिले मोरङ प्रहरी र वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को टोली पुगेको छ । घटनाको थप विषय आउन बाँकी रहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । महिलाको शव पाेष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!