झापा, ३१ असार । झापामा पानी सर्किएर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर–६ बस्ने २४ वर्षीय अर्पण श्रेष्ठ रहेका छन् ।
बिहीबार बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा उनी पानी सर्किएर बेहोस भएका थिए । उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।




