२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । नेपाली सेनाका आठ पृतना आजदेखि खारेज गर्दै आजदेखि चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गरेको छ ।

काठमाडौं उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज गर्दै सेनाले अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौं उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड लागु गरेको छ । आजदेखि लागू हुने संरचनालाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्ड भनेको छ ।

सेनाले नयाँ संरचनाबाट विद्यमान बजेट र दरबन्दी नबढ्ने पनि स्पष्ट पारेको छ । कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौं उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू-भागलाई मध्य-कमाण्ड, काठमाडौं उपत्यकालाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारेको छ।

गत फागुनमै मन्त्रिपरिषदले नयाँ संरचना लागू गर्न स्वीकृति दिए पनि बजेटलगायतका कारण औपचारिक कार्यक्रम भने आजदेखि मात्रै गर्न लागिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!