२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । नेपाल शिक्षक महासङघमा आवद्ध करिब डेढ लाख शिक्षक आन्दोलित बनेका छन् । विभिन्न ३३ बुँदे मागसहित देशव्यापी आन्दोलनस्वरुप शिक्षकहरू शुक्रबार मुख्यमन्त्री कार्यालयको गेटअगाडि धर्नामा बसेका थिए । बिहान १० बजेदेखि मुख्यमन्त्री कार्यालयको गेटअगाडि धर्नामा बसेका उनीहरूले दिउँसोखेरि मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउनेक्रममा भने प्रहरीसँग घम्साघम्सी भएको नेपाल शिक्षक महासङ्घ आन्दोलन परिचालन समिति प्रदेश नं १ का सह–अध्यक्ष राजेशप्रसाद यादवले जानकारी दिए । देशव्यापी रूपमा आन्दोलित शिक्षकहरूले आज सातै प्रदेशका मुख्यमन्त्रीमार्फत शिक्षा मन्त्रालयललाई ज्ञापनपत्र बुझाएको उनले बताए ।

शिक्षकलाई निजामती कर्मचारी समान व्यवहार लागू गर्न, देशमा गुणस्तरीय शिक्षाको विकासका लागि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत लगानी गर्न, संविधानको धारा १ को शिक्षासम्बन्धी हकको व्यवस्थाअनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क हुने प्रबन्ध व्यवहारमा लागू गर्न, सङ्घीय शिक्षा ऐन जारी गर्नलगायत माग गरेका छन् ।

यस्तै, विद्यालय शिक्षाको विकासको लागि संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्था गर्न, संवैधानिक शिक्षा सेवा आयोगको स्थापना गर्न, विद्यालय तहको शिक्षालाई सङ्घ, प्रदेश र स्थानिय तहको साझा अधिकार सूची (संविधानको अनुसूची–९)मा राख्न, सबै प्रदेश र स्थानिय तहले बनाउने शिक्षा ऐनमा एकरुपता हुनु पर्ने, शिक्षक तथा विद्यालय कर्मचारीका लागि कोभिडविरुद्धको खोप अविलम्ब उपलब्ध गराउन, सङ्कमित शिक्षक कर्मचारीको निःशुल्क उपचार गर्न र बिमाको प्रबन्ध गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!