२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । खेतबारीमा हुने बालीका लागि अहिले मल चाहिने समय हो । किसानको लागि चाहिने रासायनिक मल प्राप्त मात्रामा पुग्न नसकेको गुनासो आइरहेको छ ।
यो वर्षाको मौसममा धान र मकैलगायतमा युरिया मल आवश्यक पर्ने गर्छ । यसैबीच सरकारले अहिले मलको अभाव नभएको बताइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा। योगेन्द्रकुमार कार्कीले रासायनिक मलको अभाव नभएको बताउनुभयो ।
वितरण प्रणालीमा नयाँ निर्देशिका जारी भएपछि वितरण प्रणालीमा केही समस्या देखिएको पाइए तापनि अहिलेको लागि चाहिने आवश्यक मल मौज्दात रहेको उहाँ बताउनुहुन्छ ।
स्टक मल हुँदाहुँदै पनि वितरण प्रणालीमा समस्या आएको गुनासो आउने गरेको भन्दै यसको लागि सुधार गर्न काम भइरहेको सचिव कार्कीले बताउनुभयो ।
तर मल नै अभाव भएर किसानले मल नपाएको अवस्था नरहेको र केही ठाउँमा वितरण प्रणालीमा समस्या भए पनि समग्रमा हेर्दा किसानले यो वर्ष मल पाइरहेको मन्त्रालयको भनाइ छ ।
नयाँ निर्देशिका जारी भएसँगै गाउँपालिका, नगरपालिका स्थानिय निकायले मलको वितरण गरिरहेका छन् । आजको दिन सम्म हेर्दा ४० हजार भन्दा बढी मात्रामा रासायनिक मल मौज्दात रहेको उहाँले बताउनुभयो ।
अव आउने सिजनमा भने अन्तराष्ट्रिय बजारमा मलको मूल्य बढदै गएकोले केही समस्या आउने कुरालाई मध्यनजर गरेर मन्त्रालयले काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
मल पाउने अधिकार किसान भएकोले उहाँहरुलाई आवश्यक पर्ने मलको व्यावस्था गर्न लागिरहेको उहाँँले बताउनुभयो ।
मन्त्रालयले टेण्डर परेका कम्पनीहरुलाई मल ल्याउन भनिरहेको र अन्तराष्ट्रिय बजारमा मूल्य बढदा टेण्डरमा समस्या आउने देखिएको भन्दै त्यस विषयमा पनि कसरी समाधान गर्न सकिन्छ भनेर मन्त्रालय कोसिस जारी राखेको उहाँले बताउनुभयो ।
आउने गहँुको सिजनको लागि ८० हजार मेट्रिक टन मल आवश्यक पर्छ त्यसको लागि अभाव हुन नदिन पनि मन्त्रालय लागिपरेको उहाँले बताउनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी किसान सम्म मल प्राप्त मात्रमा पुगेको बताउनुुहुन्छ । गतबर्षहरुमा मलको अभाव भए पनि यो वर्ष प्राप्त मात्रमा किसानले मल पाइरहेको उहाँले बताउनुभयो ।
कृषि सामग्री कम्पनीमा हाल यूरिया २३ हजार मेट्रिक टन, डिएपी १२ हजार मेट्रिक टन र पोटास २२ सय मेट्रिक टन मल मौज्दात रहेको र अन्य मल समेत मौज्दात रहेको प्रवन्ध सञ्चालक भण्डारी बताउनुुहुन्छ ।
केही दिन अघि मात्रै ३० हजार मेट्रिक टन मल कलकता र २२ हजार मेट्रिक टन बंगलादेशबाट मल आएको समेतत उहाँले बताउनुभयो ।
अहिले पनि मल आउनेक्रम जारी रहेको उहाँ बताउनुहुन्छ । स्थानीयतहका २८ सय भन्दा बढी विक्रेताले मल वितरण गर्दै आएका छन् ।
किसानले पाउने सहुलियत मूल्यको मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेबाट पाउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!