२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

गाने औसा (Calobata indica) पुतली समूह अन्तर्गत पर्ने अदुवामा लाग्ने एक प्रकारको कीरा राईजोमफलाईको औसा Maggoti हो । अदुवाको मानी कहाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यसको भूमिका रहेको हुन्छ । सामान्यतया अदुवाको गानो कुनै कारणवश सहन बा कुहिन गयो भने त्यसको गन्धले गाने झिगालाई आकर्षण गर्दछ ।

लिफरोयले १९८९ मा यसको पहिलोपटक पहिचान गरी ढुसीबाट ग्रसित अदुवाको गालोमा यसको वृद्धि गराएका थिए । राष्ट्रिय अदुवा वाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानबाट सल्यान, नवलपरासी, पाल्पा, ईलाम, स्पाइजा र तनहुँ जिल्लामा गरिएको सर्वेक्षण अनुसार गानो कुहिने रोगको प्रकोप रहेकोमा गाने औसाको पनि संलग्नता रहेको पाईएको थियो । यस कीरालाई नेपालमा क्षतिका हिसावले अदुवावालीको सबैभन्दा घातक शत्रुका रुपमा लिइन्छ ।

राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानमा गरिएको अनुसन्धान अनुसार यसको जिवनचक ४६ देखि ५३ दिनमा पुरा हुने पाईएको छ । शुरुको अवस्थामा गाने झिगाल कुहिन थालेको सानोको बोका भित्रतिर मागानीको आसपासमा गोलाकारका सेवाहर पार्दछ जसलाई नियालेर हैवा पृष्टसंग कृष्णामा रहेको देख्न सकिन्छ तासको २-३ दिनपछि सेता मसिनो धागो जस्तो खुट्टा बिहिन औसाहरु बनाउँछ ।

औसाहरु तुरुन्तै प्वाल पारी सुरु बनाएर गानो छडि भित्र पस्दछन् र गानी भित्रै ४ वटा विभिन्न गाको अवस्था (Inster) हुदै १८ देखि २० दिनसम्म रहन्छन् गानो भित्रै सिखाने र बढ्ने गर्दछन् जसले गर्दा गानोको सड़ने क्रममा पतिव्रता आउंछ साथै सडेको गानीमा प्रयाप्त बशाहरु हुन्छन् । यसको औंशा अवस्था सबैभन्दा अतिग्रस्त अवस्थाको रुपमा चिनिन्छ। औशाबाट रातो र खैरो रंगका साम्या आकारका प्युपाहरु बन्दछन् र यी प्युपाहरु आशाले बनाएका प्वालहरुमा बस्ने गर्दछन् ।

१० देखि १२ दिनको प्युषा अवस्था पछि प्युटनेल बनाएर बाहिर निस्कन्छन् र वयस्क अवस्थामा जाने गर्दछन् । यसरी १६ देखि १८ दिनसम्मको वयस्क अवस्था हुदै आफ्नो जीवन चक्र पुरा गर्ने गर्दछ ।

व्यवस्थापन प्रविधि

– सधैं स्वस्थ बीउको प्रयोग गर्नु पर्दछ ।

– लगाउनु अगाडि ढुसीनासक विषादी डाईथेन एम ४५ २.५ ग्राम र भिष्टिन एक ग्राम प्रति लि. पानीको संग संगै क्लोरोपाईरिफस ०.०२% मिसाएर बीउ उपचार गर्ने ।

– उम्रेको १ महिना र २ महिनामा क्लोरोपाईरिफस ०.०२% अथवा मालाथियन १ मि.ली. / लिटर पानीमा मिसाई छर्ने ।

– प्लटमा फाट्ट फुट्ट गानो सडेको पाईयो भने खनेर हटाउने ।

– घुम्तिवाली अपनाउनुका साथै प्लटको बीच बीचमा गानो कुहिने रोग लागेको छ भने ढुसीनाशकः र किटनाशक विषादी मिसाई रोगी बोटको वरिपरी गानो भिज्ने गरी        ड्रेन्चिड गर्ने ।

– गानो कुहिने रोगको रोकथामका उपायहरु अपनाउने ।

– बीउ भण्डारण गर्नु अघि मेन्कोजेब (०.२५%) र रोप्नु अधि मेन्कोजेव (०२५%) र कार्बनडाजिम (०.१%) को घोल बनाई बीउ गानोलाई एक घण्टा डुबाई उपचार गर्ने ।

– सेतो प्लास्टिकले छोपी घामको प्रकाशद्वारा एक महिना माटो निर्मलीकरण गरी ट्राईकोडर्मा १० ग्राम/ केजी कम्पोष्टमा मिसाई प्रयोग गरेर अदुवा लगाउने ।

स्रोत :- नेपाल कृषि अनुसन्धान परिषद

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!