२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुरधाम । अर्केष्ट्रामा आकर्षक तलब दिने प्रलोभन देखाएर बेचबिखनको लागि लगिएका ७ नेपाली युवतीको विहार पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत ११ आदापुर बजारबाट उद्धार गरेको छ ।
उनीहरुलाई भारतीय प्रहरी र आफन्त नेपाल गैरसरकारी संस्थासँगको समन्वय सहकार्यमा उद्धार गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

मोबाइल खोसेर अशोभनीय पोसाकमा अध्याँरो कोठामा राखेको बेला उनीहरुको उद्धार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई झुक्याएर बेचबिखन गर्ने लैजाने धनुषाकी एक महिला सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो नै बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुन छन् ।

दुबैजना विरुछ मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!