काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । यो दिन गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।
३ हजार १०५ दशमलव ७५ विन्दुदेखि खुला भएको आइतवारको बजार ३ हजार ११६ दशमलव ४८ विन्दुसम्म पुगेको थियो भने ३ हजार ३९ विन्दुसम्म झरेको थियो । गत बिहीवार १७ दशमलव ६० अंकले बढेर ३ हजार ९४ दशमलव शून्य ५ विन्दुमा पुगेको बजार आइतवार पुनः ओरालो लागेको हो ।
गत साताको तीन कारोबार दिनमा पनि बजार दुई दिन घटेको थियो भने अन्तिम कारोबार दिन बिहीवार बजार बढेको थियो । आइतवार सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५० प्रतिशत अर्थात् ८ दशमलव ५७ अंक घटेर ५६२ दशमलव ८८ विन्दुमा झरेको छ ।
नेप्से परिसूचक र सेन्सेटिभ इन्डेक्ससँगै यो दिन कारोबारमा आएका १३ समूहगत परिसूचकहरुमध्य १२ समूहगत परिसूचक घटेको छ । वित्त समूहको परिसूचक मात्र यस दिन शून्य दशमलव ६७ प्रतिशत बढेको हो । यो दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २ दशमलव ४२ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकिङ्गको १ दशमलव ४८ प्रतिशत, व्यापारिकको १ दशमलव ६६ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ८९ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८९ प्रतिशतनै, निर्जीवन बीमाको १ दशमलव ७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५४ प्रतिशत, अन्यको १ दशमलव ८२ प्रतिशत, लघुवित्तत्तको १ दशमलव ९४ प्रतिशत, जीवन बीमाको १ दशमलव ७३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३६ प्रतिशत र लगानी समूहको १ दशमलव ७५ प्रतिशत परिसूचक घटेको हो ।
यस दिन रू. १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार बराबरको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२७ कम्पनीको १ लाख ५९ हजार १३७ पटकको व्यापारमा भएको हो । कुल कारोबार रकम र कित्तामा सर्वाधिक हिस्सा अरुणभ्याली हाइड्रोपावरले ओगटेको छ ।
अरुणभ्याली हाइड्रोपावरको रू. १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार बराबरको १७ लाख १२ हजार ३३० कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको यस कम्पनीको शेयरमूल्य पनि ७ दशमलव ५६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ५४ दशमलव ५० ले बढेर अन्तिम मूल्य रू. ७७५ पुगेको छ ।
घटेको आइतवारको बजारमा रू रू जलविद्युत् परियोजनाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने नारायणी डेभलपमेण्ट बैंक र खानीखोला हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् ।
यस दिन रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य १० प्रतिशतले घटेको हो भने नारायणी डेभलपमेण्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १०३ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू। १ हजार १३७ दशमलव ४० र खानीखोला हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू.३९ दशमलव ३० ले बढेर अन्तिम मूल्य रू. ४३२ दशमलव ३० कायम भएको हो ।
त्यस्तै यो दिन रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य प्रतिकित्ता रू. १६६ दशमलव २० ले घटेर अन्तिम मूल्य रू. १ हजार ४९५ दशमलव ८० मा झरेको छ ।




