२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । आज सुनसरीको देवानगञ्ज गाउँपालिका वार्ड नम्बर २ मा नव निर्मित ईलाका प्रहरी कार्यालय देवानगन्जको भवनलाई बुधवार देखि सेवा प्रवाह शुरु गरेको छ । बुधवार बिहान नयाँ भवनमा पूजापाठ गरि (बास) बस्न थालिएको वार्ड नम्बर २ का वडा अध्यक्ष मजलुम मियाँले जानकारी दिए ।

सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी निरीक्षक(इनिस्पेक्टर) पठाएको छ । सीमावर्ती क्षेत्रबाट बढी मात्रामा उजुरी र विवादका घटना आउने भएकाले त्यसलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी निरीक्षक(इनिस्पेक्टर) पठाएको हो । सई र असईले सेवा दिईरहेकोमा पहिलो पटक इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी निरीक्षक(इनिस्पेक्टर) पठाएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

आजैबाट प्रहरी निरीक्षक बद्री दाहाललाई कार्य सुरु गरिरहेको गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले बताए । १ नं। प्रदेश सरकारको सहयोग र साहु निमार्ण सेवा इनरुवाले ईलाका प्रहरी कार्यालय देवानगञ्ज बनाउने जिम्मा पाएको थियो । उक्त भवनको लागत २ करोड ७ लाख १८ हजार ६ सय ७८ रहको जनाएको छ । यो देवानगञ्ज गाउँपालिका वार्ड नम्बर २ र हरिनगर गाउँपलिका वार्ड नम्बर ७ को बोर्डरमा पर्न मरिया खोलानिर नव(निर्मित ईलाका प्रहरी कार्यालय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!