२०७८ मंसिर २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ । उनहरूले बिहीबार निर्वाचन आयोगको जनकपुरधामस्थित प्रदेश कार्यालयमा सशरीर उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको हो । प्रदेशसभा सदस्यहरूले नयाँ पार्टी रोजेसँगै जनता समाजवादी पार्टी नेपालका मोहम्मद लालबाबु नेतृत्वको गठबन्धन सरकारमा सामेल हुने बाटो नेकपा (एककिृत समाजववादी) का लागि खुलेको छ ।
नेकपा९एकीकृत समाजववादी रोज्ने प्रदेशसभा सदस्यहरूमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्रराय यादव, हसीमा खातुन र मनोजसेन श्रीवास्तव हुनुहुन्छ ।
नेकपा एमालेका अर्का एक प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकाले उनले निवेदनमार्फत आफू नेकपा (एकीकृत समाजवादी) मा रहने निर्वाचन आयोगको कार्यालयलाई जानकारी दिएको छ ।
प्रदेशसभा गठन हुँदा प्रदेशसभा २ मा नेकपा एमालेका २१ जना सदस्य थिए ।
नेकपा(समाजवादी एकीकृत) का प्रदेशसभा सदस्य शुत्रधन महतोले गठबन्धन सरकारमा सहभागी हुने केन्द्रीय सहमतिअनुसार छिट्टै सरकारमा सहभागी हुने बताए । तर उहाँले त्यसको समयसीमाबारे भनेन ।
प्रदेश २ सरकारमा सत्तारुढ राजनीतिक दलको केन्द्रीय गठबन्धनका नेपाली काँग्रेसले तीनवटा मन्त्रालय र माओवादी केन्द्रले एक मन्त्रालय लिएर यसअघि नै सम्मिलित भइसकेका छन् । श्रोत :गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!