२०८२ चैत्र १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । गृहमन्त्री बालकृष्ण खाँणसहितको टोली सप्तकोशी नदीमा आएको छ । बाढीका कारण भइरहेको कटान तथा बस्ती डुवान भएको क्षेत्रको स्थलगत अवलोकनका लागि उदयपुरको बेलका नगरपालिकाको प्रभावित क्षेत्र आइपुगेको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशीमा बाढीले निरन्तर कटान गरेर बस्तीलाइ पारेको प्रभाव निरीक्षण गर्न गृहमन्त्री खाँणसहितको टोली कटान प्रभावित क्षेत्र आएको हो ।
गृहमन्त्री खाँणका साथै टोलीमा पूर्वमन्त्रीद्वय मोहन बस्नेत र शेरबहादुर तामाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे लगायतका पदाघिकारीहरु थियो ।
उहाँसहितको टोली कटान प्रभावित क्षेत्रमा उपस्थित उदयपुर, सुनसरी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित उच्च सुरक्षा अधिकृतहरुसंग सप्तकोशी नदीमा आएको बाढी र कटानले बेलका नगरपालिकाका साथै अन्य जिल्लामा पारेको प्रभावका बारेमा जानकारी लिने सुनसरीका प्रजिअ उमेश ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!