२०८२ चैत्र १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री हुनका लागि बामदेव गौतमले पार्टी छाडेको दाबी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले उपप्रधानन्त्री हुनका लागि आफूलाई गाली गरेर पार्टी छाडेँ भनेको बताए ।

‘कसैलाई उपप्रधानमन्त्री हुनु मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छन् भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नु भएन, हामीलाई सम्मान गर्नु भएन ।‘ त्यसकारण तपाईको पार्टी छोडेँ’ गौतमको नाम नलिई उनले भने, ‘उपप्रधानमन्त्री हुन पाउँ भनेर उतातिर भने हुन्छ नि केपी शर्मा ओलीलाई गाली किन गर्ने ?’ गौतमले शुक्रबार मात्र उपाध्यक्ष र पार्टीको सबै जिम्मेवारी छाडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!