२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । नेपालको सबैभन्दा ठूलो र अग्रणी सुपर मार्केटको छाप बनाएको भाटभटेनीले शनिवार सुनसरीको इटहरीमा १९औं शाखाको उद्घाटन गरेको छ ।

उपत्यकाको सफलता पछि प्रदेश एकका मुख्य शहरहरूमा शाखा स्थापना गर्ने क्रममा धरान, विराटनगर, हुँदै १९औं शाखा इटहरीमा शुरुवात गरेको हो । शाखालाइ नेपालकै सबैभन्दा ठूलो मानिएको छ । करीब ३ अर्बको लगानी रहेको सुपर मार्केटलाई सञ्चालक मिनबहादुर गुरूङले हिन्दु परम्परा अनुसार पूजा गरेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत इटहरी १७, लविपुरमा शनिवारदेखि सञ्चालनमा आएको भाटभटेनीमा तीन ओटा ब्लक रहेका छन् । विभिन्न आवश्यकीय सामग्री किनमेल सँगै मनोरञ्जन प्रदान गराउन मार्केट भित्रै सिनेमाहल सञ्चालन हुने भएको छ । शनिवारदेखि औपचारीक सेवा सुभारम्भ गरेको भाटभटेनिले ओपनिङको अवसर पारेर अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै सामानमा १० प्रतिशत छूट दिएको छ । यो छूट आगामी एक महीनासम्म रहने भएको छ ।

मार्केटको भुइतलामा ५०० ओटा सवारी साधनहरू सजिलै अटाउन सकिने गरी अण्डरग्राउण्ड पार्किङ सुविधा रहेको छ । पहिलो तला किचनवेयर र बालबालिकाका खेलौनाका लागि छुट्याइएको छ । यसमा ७ ओटा काउन्टर हुनेछन् । दोस्रो तलामा कपडा, जुत्ता आदि राखिएका छन् भने यसमा १० ओटा काउन्टरको व्यवस्था गरिएको छ ।

त्यस्तै, सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट रहेको छ । सोही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!