२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई नियम, कानुनको परिधि र पेसागत मर्यादामा रहेर निष्पक्ष सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा देउवाले भने, ‘‘सरकार छ भन्ने कुरा सरकारी कर्मचारीले दिएको सेवाका आधारमा जनताले अनुभूति गर्ने हो । सम्पूर्ण कर्मचारीले अनुशासनमा रहेर पेसागत मर्यादामा रहेर नियम, कानुनअनुसारको सेवा प्रवाह गर्नुपर्छ ।’’
कार्यक्रममा युनियनद्वारा प्रकाशित पुस्तक ‘कर्मचारी’को प्रधानमन्त्रीले विमोचन गर्नुभएको छ । उहाँले भन्नुभयोे, ‘‘कर्मचारीतन्त्र स्थायी सरकार हो, राजनीतिक नेतृत्व फेरबदल भइरहन्छ तर ऐन, नियम, कानुनका आधारमा रहेछ । पारदर्शी रूपमा जनतालाई नियमित सेवा उपलब्ध गराउने तपाईंहरू हो ।’’ उनले नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा युनियन कर्मचारी क्षेत्रको बलियो सङ्गठन भएको बताए । आफूले युनियनबाट कर्मचारी प्रशासन सुधारका लागि मर्यादित बनाउने, कर्मचारीको हक–हितका लागि सक्रिय हुने आशा अपेक्षा लिएको प्रधानमन्त्रीले बताउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव बद्री तिवारीले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले सुशासन नै प्रजातन्त्रको मूलभूत मर्म भएको बताए । त्यस अवसरमा युनियनले पूर्वसचिव गोपीनाथ मैनालीलाई दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको छ । कार्यक्रममा युनियनका अध्यक्ष गोपाल पोखरेलले
युनियनका गतिविधिबारे जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!