२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । प्रत्येक वर्षको भाद्र शुक्ल चौथीका दिन चौरचन (चौठ चन्द्र) पर्व आज मनाउदै छ । धुमधामका साथ तराई–मधेसको मिथिला क्षेत्रमा मनाइने खासगरी मधेसी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक व्रत बसेर मनाउने गरिएको छ ।
यो पर्वले विभिन्न खालका पुत्र लाभ र धन तथा पापबाट मुक्ति हुने जनविश्वास छ । सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली व्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन व्रत समापन गर्ने मैथिली परम्परा छ । दिनभर व्रत बसेर साँझ आँगनमा पिठार (चामलको पिठो) अरिपन दिई गोलाकार चन्द्रमा मण्डलमा केराको पात राख्दै त्यसमा पकवान, मिठाई लगायतका पर्सादहरु राख्ने गरिन्छ ।

चौठचन पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् । मुकुटसहित चन्द्रमातिर बनाएको प्रतीक (अरिपन)मा केराको पातमा रोहिणीसहित चतुर्थी चन्द्रमाको पूजा सेतो फूलले गर्ने परम्परा रहेको छ ।

नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्री राखेर पूजा गरिन्छ । पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल पकवानयुक्त डाली र दहीको छाली अरिपनमा सजाएर केराको घरी, दीपयुक्त कुडवार (माटोको कलश), लावन आदि पूजा सामग्री राख्ने परम्परा छ । एक–एक डाली, दही, केराको घरी उठाएर मन्त्र पढ्दै प्रत्येक व्यक्तिले हातमा फललिएर चन्द्रमाको दर्शन गरी अशिर्वाद लिने चलन छ । चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुन्छ।

ईसं १६०० मा मिथिलाका राजा हेमाङ्गद ठाकुरले चौरचनको प्रचार सम्पूर्ण मिथिलावासीको घर–घरमा गराएपछि यसको रौनक बढेको मैथली जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!