२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको छ । भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधन गर्न नयाँ आयोग गठन गरिएको हो ।

यही मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वशिक्षक निरौलाको अध्यक्षतामा नयाँ आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगको उपाध्यक्षमा नेमेन्द्रबहादुर खड्का नियुक्त भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आयोगका अध्यक्ष निरौला र अध्यक्ष निरौलासमक्ष उपाध्यक्ष खड्काले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेको हो । भूमिसम्बन्धी समस्या समाधान आयोग, २०७६ अनुसार नयाँ आयोग गठन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेकपा ९एमाले० चितवनका नेता देवी ज्ञवाली नेतृत्वको आयोग संविधानअनुसार गठन नभएको ठहर गर्दै सरकारले गत साउन १९ गते खारेज गर्ने निर्णय गरेको थियो ।

आयोगका नवनियुक्त अध्यक्ष निरौलाले वर्तमान संविधानले बसोबास तथा जमिनको अधिकारबाट कसैलाई वञ्चित नगर्ने विषयलाई मौलिक हकका रूपमा राखेकाले आफ्नो कामकारबाही त्यसतर्फ केन्द्रित रहने प्रतिक्रिया दिए ।
सरकारले आयोगको सदस्यहरू भने नियुक्त गरेको छैन । भूमिसम्बन्धी समस्या समाधान आयोग ७७ वटै जिल्लामा गठन गर्न पनि बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!