२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुरधाम। नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले संशोधन र परिमार्जन नभएसम्म एमसीसी पास हुन नसक्ने बताएको छ । नेकपा(माओवादी केन्द्र) प्रदेश नं.२ ले शनिबार जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेपश्चात संचारकर्मी सँगको कुराकानीमा उनले यस्तो बताएको हो ।
अध्यक्ष प्रचण्डले एमसीसी सम्बन्धी भएको अहिलेको सम्झौता जस्ताको त्यस्तै पास गर्न नसकिने धारणा राखे । उनले भने विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भएको एमसीसी सम्बन्धी सम्झौतामा संसदबाट अनुमोदन गर्नु पर्ने विषय थिएन ।
पछि केपी ओली नेतृत्वको सरकारका परराष्ट्र मन्त्रीले अमेरिका गएर संसदबाट अनुमदन गर्ने विषयवस्तु समावेश गरेका कारण समस्या खडा भएको छ । उनले एमसीसी पास गर्नका लागि भएका सम्झौतामा संशोधन र परिमार्जन गरी राष्ट्रिय सहमती कायम गर्नु पर्ने धारणा राखे । त्यसका लागि विभिन्न राजनीतिक दल, वुद्धिजीवी, पत्रकारहरु बीचमा छलफल आवश्यक रहेको उनको भनाई रहेको छ ।
अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीचमा कुनै मतभिन्ता नरहेको भन्दै असोज ४ गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताए । गठबन्धन बन्न नदिनका लागि विगतमा पनि प्रतिगामी शक्तिहरु लागिपरेको र त्यही शक्तिले अहिले निराधाररुपमा झुठो हल्ला फिजाइ रहेको बताए । उनले लोकतन्त्र र संविधान रक्षका लागि बनेको गठबन्धनले आउँदा दिनमा पनि देश र जनताका लागि एकढिका भएर कामकाज गर्ने बताए ।
उनले संविधान संशोधनको प्रस्ताव विगतमा केपी शर्मा ओलीको कारण अगाडि बढन नसकेको भन्दै संविधान संशोधनको मुद्दालाई फेरि पनि अगाडि बढाउन आफनो पार्टी तयार भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!