२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई एमालेका नेताहरूप्रति गालीगलौच नगर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित कार्यक्रममा नेपालले एमालेका नेताहरूले जस्तै गाली गरेमा उनीहरू र आफूहरूमा फरक नदेखिने बताए ।

हेटौँडामा शनिबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ुहामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् । एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको भनाइ थियो । ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?,’ उनले भने ।

एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने नेपालको भनाइ थियो । उनले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वान गरेका थिए ।ओलीले जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उनलाई विदा गर्नुपर्छ भन्ने योजनामा आफूहरू लागेको नेपालको भनाइ थियो ।

२०७१ सालमा नै गलत व्यक्ति र तरिकाले एमाले अगाडि बढिरहेको भन्दाखेरि त्यस्तो भन्नेलाई शत्रु ठानेको नेपालले बताए । नेपाल कम्युनिस्ट पार्टी गठनका क्रममा आफूलाई जानकारी नभएको र पुष्पकमल दाहालसँग गोप्य सहमति गरेर ओली अगाडि बढेको नेपालको भनाइ थियो । दुवै जनाले प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा(आधा कार्यकाल बाँड्ने सहमति गरेको तर त्यो सहमति ओलीले उल्लंघन गरी कागजमै सीमित राखेको नेपालको भनाइ थियो । ‘प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो,’ ओलीले विगतमा भनेका कुरा स्मरण गर्दै नेपालले भने, मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो । ‘कुर्सी भाँचिदिन्छुु भनेको प्रतिनिधिसभा विघटन रहेको नेपालको भनाइ थियो । १५ वर्ष प्रधानमन्त्री बन्ने सपना देखेर प्रतिनिधिसभा विघटन गर्नुभएको थियो, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!