राजीव कुशवाहा
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ कप्तानगञ्जमा श्री श्री १०८ श्री नव दुर्गा भवानी मंदिरको कलश यात्रा निकालिएको छ । प्रदेश सरकार, स्थानीय तह, वडा कार्यालय र स्थानीयबासीहरुको सहयोगमा नव मन्दिरको निर्माण सम्पन्न भएको थियो। नव निर्मित श्री नव दुर्गा भवानी मन्दिर दशैको घट्स्थापनालाई लक्ष्ति गर्दै मन्दिर समितिले कलश यात्रा निकालिएको माधव मेहताले जानकारी दिए।
मेहताका अनुसार देवानगंज गाउँपालिका विभिन्न वडाका स्थानीय भक्तजन तथा महिलाहरु कलश भर्न नजिकैको बुढी खोला गएका थिए। खोलामा एक हजार एक सयको संख्यामा कलशमा जल भरेर कलश यात्रीहरु मन्दिरमा कलश विशर्जन गरेका छन् ।
कलश यात्रामा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहता, उपाध्यक्ष पुनितादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाई, ३ नम्बर वडा अध्यक्ष अनिलकुमार भगत, ४ नम्बर वडा अध्यक्ष चन्देशदर मेहता, वडा सचिव सुकलप्रसाद मेहता सहित वडा सदस्यहरु र स्थानीयबासीहरुको समेत सहभागिता रहेको थियो ।






