२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज । दूध उत्पादनको लागि गाई भैंसी पालन सम्बन्धि सोमबार देवानगञ्जमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । रामजानकी भैंसी पालन कृषक समिति देवानगञजको आयोजना सम्पन्न भएको उक्त कार्यक्रममा किसानहरुलाई उपपरियोजनाको विषयमा संस्थाका सचिव प्रशुराम दासले जानकारी गराएका थिए । उक्त परियोजनाको कुल लागत १ करोड १० लाख रुपैयाँ रहेको समेत जानकारी गराएका थिए । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्दिकृत आयोजना सहयोग इकाई विराटनगरको अनुदान स्वरूप ५५ लाख , आयोजक संस्थाको २२ लाख र प्राइम बैंक बाट सहुलियत ऋण ३३ लाख रहेको जानकारी गराएका थिए ।
उपपरियोजनाको पहिलो सार्वजनिक सुनुवाइको उदेश्य किसानहरुलाई कार्यक्रम बारे जानकारी गराउने रहेको संस्थाका सदस्य राजेश मेहताले बताए । कृषक समितिका अध्यक्ष रमेशकुमार मेहताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सरोकारवाला ब्यक्तिहरुको उपस्थिति रहेको थियो कार्यक्रममा प्रमुख अतिथिको रुपमा देवानगञ्ज गाउँपालिकाको अध्यक्ष लालीप्रसाद मेहता , उपाध्यक्ष पुनिता देवी यादव वडा अध्यक्षहरु मजलुम अन्सारी , देवनारायण मेहता,बद्री प्रसाद यादव, इलाका प्रहरी कार्यालय देवानगञ्जको प्रमुख बद्री दाहाल , पशु सेवा कार्यालय देवानगञ्जका प्रमुख हरिनारायण मेहता र नेपाल लाइभस्टक सेक्टर इनोभेसनका प्रतिनिधि जयप्रकाश यादवको समेत उपस्थिति रहेको थियोे ।


उक्त कार्यक्रममा प्रमुख अतिथि मेहताले उपपरियोजनाको सफलताको शुभकामना दिदै प्रत्येक सहकारी , समूह लगायत विभिन्न संघ संस्थाले यसरी नै कार्यक्रमको बारेमा आम सरोकारवाला ब्यक्तिहरुलाई जानकारी गराएर सञ्चालन गरेर सुशासन कायम हुने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!