२०७८ मंसिर २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएल०–२०२१ को उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचालेको हो ।

यससँगै चेन्नाइले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भयो । पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई इण्डियन्ससँग छ । शुक्रबार भएको फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य थियो । तर उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाईले फाफ डु प्लेसीको ८६ रन योगदानमा केबल ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!