२०७८ मंसिर २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

रुपन्देही। किसानले धान काट्ने तयारी गर्दैगर्दा दुई दिनदेखि लगातार परेको पानीले धानबालीमा ठूलो क्षति पु¥याएको छ । रुपन्देहीका दक्षिणी क्षेत्रमा किसानले लगाएको धानबालीमा वर्षाले ठूलो नोक्सानी पु¥याएको किसानको गुनासो छ ।

किसानहरु यतिबेला धानबाली भित्र्याउने तयारीमा छन् । कतिपय किसानको खेतमा धान पाकिसकेको छ भने केही किसानले काट्न सुरु गरिसकेका थिए । रुपन्देही मर्चवारका किसान रामअवतार यादवले आफ्नो पाँच बिघा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताए। “धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौं, एक्कासि आएको वर्षाले वर्षभरिको मेहनत सखाप पा¥यो” उनले भने ।

दशैं सकिएलगत्तै धेरैजसो किसानले धान काट्ने तयारी गर्दै थिए । केही किसानले भने धान काटिसकेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले नोक्सानी पु¥याएको हो । बुटवल उपमहानगरपालिका १५ रानीगन्जका किसान जीतबहादुर रानाले आफ्नो एक बिघा १० कट्ठामा लगाएको धानबाली वर्षाले नोक्सान पु¥याएको बताए । “यसवर्ष समयमै पानी परेकाले समयमै रोपाईं भएको थियो, धानमा राम्रो बाला पनि लागेको थियो, तर वर्षाले सबै सपना उडायो” उनले भने ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा बिशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका छन् । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले काटेको धान खेतमै डुबेको छ ।

रुपन्देही शुद्धोधनका जयकिसन चौधरीले धान काट्ने समयमा पानी पर्दा ठूलो नोक्सान भएको जानकनरी दिए । पानी पर्नेक्रम अझै नरोकिएकाले क्षतिबारे अझै यकिन भन्न नसकिने उहाँको भनाइ छ ।

ओमसतिया गाउँपालिका ५ का किसान राजेन्द्र चौधरीले खेतमा लगाएको सबै धानबाली डुवानमा परेको बताए । कृषि ज्ञान केन्द्रका कर्मचारी समेत रहनुभएका चौधरीले अहिले अधिकांशका खेतमा गोरखनाथ, राधा–४, सर्जु–५२ लगायतका धान पाकेपछि काटिसकेको बताए ।
समयमै पानी परेको र मल पनि समयमै पाएकाले विगतका वर्षको तुलनामा यो वर्ष धानखेती बढी हुने अनुमान गरिएको थियो । समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाइँ छिटो भएको थियो ।

रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये यो वर्ष ६५ हजारभन्दा बढी हेक्टरमा धान खेती गरिएको छ । रुपन्देही कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले वर्षाले धानबालीमा पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने काम भैरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!