
अजय मण्डल
देवानगञ्ज । सुनसरीको देवानगंज गाउँपालिका वडा नं ३ ले मंगलवार ग्यास चुला र कृषि सामग्री वितरण गरेको छ । दस कठ्ठा भन्दा बढी जग्गा भएका किसानहरुलाई कीटनाशक छर्ने स्प्रे मेसिन र अति विपन्न परिवारलाई ग्यास चुला वितरण गरेको वडा नं ३ का वडा अध्यक्ष अनिल भगत जानकारी दिए ।
हिन्दूहरूको महान चाड पर्व दीपावली तथा छठ पर्वको अवसरमा स्थानिय बासीहरुलाई शुभकामना दिँदै वडा अध्यक्ष भगतले भने वडामा बढी किसान भएकोले उनीहरुलाई कृषि क्षेत्रमा काम गर्न सहज हुने उद्देश्यले तत्काल किटनाशक औषधी छर्ने मेसिन उपलब्ध गराएको हो । सामग्री हस्तातरण क्रममा वडा अध्यक्ष भगतले भने आगामी दिनहरुमा पनि किसानहरूको सेवामा समर्पित रहने बताए ।
देवानगञ्ज गाउँपालिका वडा नं ३ को सहयोगमा १०० जना किसानलाई कीटनाशक स्प्रे वितरण गरेको हो । १६० जना विपन्न परिवार को लागि ग्यास चुला समेत वितरण गरेको वडा सदस्य रामबहादुर मेहताले जानकारी दिए ।
यता प्रमिला देवी शर्माले आफूले ग्यास चुला पाएपछि निकै खुशी लागेको छ । त्यस्तै महेश मेहताले खुशी हुदै भने हाम्रो ३ नम्बरको वडा अध्यक्ष अनिल भगतले हामीहरुलाई सधै सुख दुखमा सहयोग गरिरहेको बताए।