२०७८ मंसिर २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले नेपाली कांग्रेसको १४ औँ महाअधिवेसनमा उपसभापतिको उम्मेदवारी दिने घोषना गरेका छन् । वर्तमान अवस्थामा पार्टीको उपसभापति रहेकाले अगामी महाअधिवेसनमा पनि उपसभापतिमा नै उम्मेदवारी दिने उनले घोषना गरेका हुन् । विराटनगरमा प्रेस युनियन मोरङ्गले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, आफुले पार्टी एकीकरण गरेर उपसभापति बनेको हुँ, सबैको साझा उम्मेदवारको रुपमा फेरी उपसभापतिमा उठ्छु । पार्टीमा अहिले गुट उपगुट बढिरहेकाले सबै गुटको चाहनामा नै उपसभापतिमा उम्मेदवारी दिने उनले बताए । म कांग्रेसलाई बलियो बनाउन आएको हुँ उनले भने, सबै गुटले उपसभापति बनाएर कांग्रेसलाई बलियो बनाउन सहयोग गर्नेछ ।
पार्टीको विधान, नियनावली र निर्देशिकालाई पन्छाएर खासखास व्यक्तिको रुची र छनौटलाई आधार बनाएर स्थानिय तहमा पार्टीको नेतृत्व चयन गरेको भन्दै उनले असन्तुष्टि ब्यक्त गरे । विधान विपरित खास ब्यक्तिको रुचीमा चयन गरेको गरिएका स्थानिय तहको नेतृत्वलाई स्वीकार गर्न नसकिने गच्छदार बताए । आफ्नै कार्यकार्तालाई काखापाखाको पूर्वाग्रही व्यवहार गरिएकाले असन्तुष्टि बढ्दै गएको उनले बताए ।
नेतृत्व चयन प्रक्रियाप्रति असन्तोष र गुनासो पनि उत्तिकै प्रकट भइरहेको छ, उनले भने पार्टीको विधान, नियमावली र निर्देशिकालाई एकातिर पन्छाएर खासखास व्यक्तिको रुची र छनौटलाई अधार मानेर स्थानिय तहमा नेतृत्व चयन गरिएको देखिन्छ ।
उनले नेपाली कांग्रेसको वर्तमान विधान, नियमावली र निर्देशिका नै एकाङ्गकी, खास उदेश्यबाट प्रेरित र पुर्वाग्रही रहेको भनेर गरिदै आएको विरोधको पुष्टी भएको देखिएको बताए ।
खास समुहलाई लक्षित गरि जथाभावी चलाउदा पार्टीको विधान स्वरुप नै आज उँट जस्तो बन्न पुगेको भनेर स्थानिय नेता कार्यकार्ता टिप्पणी गरेको सुन्नु परिहेको अवस्था छ, गच्छदारले भने कुनै स्वार्थ समुहको निहित स्वार्थमात्र पुरा हुनेगरी विधान नियमावली र निर्देशिका संसोधन हुदा त्यसले सिंगो पार्टीलाई हानी गरिरहेको भन्ने कुरातर्फ नेतृत्ववर्ग अकर्मन्य र उदासिन भइरहेको पाइएको छ ।
आफ्नो स्वार्थ अनुकुलका प्रावाधानहरु विधानमा अनावश्यक तवरले राखेर निष्ठावान कार्यकार्ताहरुलाई पार्टीको तहगत निर्वाचनमा भाग लिनबाट बञ्चित गर्ने उदेश्यले विधानमा राखेको व्यवस्था पार्टी पंक्तिभित्र अत्यन्त नै अलोचनाको विषय बनेको उनको भनाई छ । उपसभापति गच्छदारले भने, पार्टीको विद्यमान विधानलाई ब्यापक छलफलबाट परिमार्जन गरिएन भने यसले गुटबन्दीको समस्यालाई थप गहिरो बनाउदै लाने निश्चित छ, जसले पार्टीलाई कदाचित छ पनि हित गर्ने छैन ।
उनले पार्टीको निर्वाचन गर्दा सभापति र केन्द्रिय सदस्यहरुको निर्वाचन एकैपटक सम्पन्न गर्ने बैधानिक व्यवस्था गर्नु पर्ने माग समेत गरे । निर्वाचित केन्द्रिय सदस्यहरु मध्येबाट केन्द्रिय कार्यसमितीको निर्णय अनुसार पदाधिकारीको नियूक्ति हुने प्रावधान राखिनु पर्ने उनले बताए । उनले सविधान संसोधन गरेर असन्तुष्ट पक्षको माग पुरा हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!