२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस ९एमसीसी० सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको बताएका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत गएका प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेटेका थिए । बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग एमसीसी कहिलेसम्म पास हुन्छ भनेर चासो पाएको बताए ।आफूले सत्ता साझेदार दलहरुको बीचमा कुराकानी भइरहेको जानकारी गराएको भन्दै उनले भने, ‘छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन ९हस्ताक्षर० गरेरै पठाएका छौं ।’

देउवाका अनुसार एमसीसीकी डेपुटी सीईओले भने संसदको अधिवेशन किन अन्त्य गरेको त भनेर प्रश्न गरेकी थिइन् । त्यसले एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया प्रभावित हुँदैन भनेर प्रश्न गरेपछि देउवाले भने, ‘केही अध्यादेश ल्याउनुपर्ने भएकाले रोकिएको हो । यसले असर पर्दैन भनेँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!