२०७८ मंसिर २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणा समेत राखे । उनले दुनियाँमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावी समेत गरे । शनिबार विराटनगर विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा यादवले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिया दिए ।

‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन रु त्यसकारणले न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ’ उनले भने, ‘त्यसमा हामी राजनीति गर्ने राजनीतिकर्मीहरुले न्यायालयभित्र हस्तक्षेप गर्नु हुँदैन । त्यसकारणले आ–आफ्नो दायरा भित्र रहेर समस्यालाई हल गर्नुपर्छ । त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ । त्यसलाई राजनीतिक रुपले हस्तक्षेप गर्न उचित हुँदैन । कहीँ पनि दुनियाँमा यस्तो चलन छैन ।’

अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दावी गर्दै संविधान संशोधनबाटै न्यायालयको समस्या समाधान गर्न सकिने पनि बताए । उनले सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!