२०७८ माघ ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । सप्तकोशी विकास बैंकमा भएको घोटला प्रकरणमा जोखिम न्यूनिकरणको महत्वपूर्ण जिम्मेवारी पाएका नायव कार्यकारी प्रमुख कुमार खड्का अनुसन्धानको दायरमा नपर्नु चर्चाको विषय बन्न थालेको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) नविन सुवेदीसहित बैंकका अप्रेसनल प्रमुख अमित थापा मगर, वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छ । तर आश्चार्यलाग्दो कुरा त के भने बैंकको जोखिम व्यवस्थापनको समेत जिम्मा पाएका नायव कार्यकारी प्रमुख खड्का भने अनुसन्धानको दायरामा तानिएका छैनन् । खड्का बैंकका प्रमुख जोखिम नियन्त्रक समेत हुन् । यो बैंकको घोटला प्रकरणलाई जोडेर बैंकका सिइओ सुवेदी लाई प्रहरीले नियन्त्रणमा लिँदै केन्द्रीय अनुसन्धान ब्युरो समेतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङ र नेपाल राष्ट्र बैंकलेसमेत अनुसन्धान गरिरहेको छ । तर यति ठूलो घोटला प्रकरणमा जोखिम नियन्त्रणको जिम्मेवारी पाएको नायव कार्यकारी प्रमुख खड्का अनुसन्धानको दायरामा नल्याएपछि वित्तिय वृत्तमा आशंका गर्न थालिएको छ । सामान्यतयाः बैंक तथा अन्य वित्तिय संस्थाहरुमा यस किसिमको घटनामा बैंकका जिम्मेवार पदाधिकारीमाथि छानविन र अनुसन्धन गर्नु स्वभाविक नै हो । यहि क्रममा प्रहरीले केहि पदाधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धानलाई सुक्ष्म रुपमा अघि बढाइरहेको छ ।

तर, यो अनुसन्धान र छानविनको दायरामा खड्का किन परेनन् ? यो सर्वत्र चर्चाको मात्रै नभएर आशंकाको विषय पनि बन्न थालेको छ । प्रहरीले अनुसन्धान गरिहेको यो घटनालाई बैंकको स्थापनाकालदेखिको अवस्थाका साथै सप्तकोशी बैंक र कावेली विकास बैंक विच भएको मर्जको विषयलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ । करिब दुई वर्ष अगाडि सप्तकोशी र काबेलीविच मर्ज भएर सप्तकोशी विकास बैंक बनेको थियो । त्यो बेला तत्कालीन दुई बैंकका व्यवस्थापन विच एकीकरण गर्दै पद तथा जिम्मेवारी बाँडफाँडको क्रममा पनि विवाद सिर्जना भएको स्रोतको भनाइ छ । सप्तकोशीबाट आएका प्रमुख कार्यकारी अधिकृत सुवेदी र कावेलीबाट आएका नायव कार्यकारी प्रमुख खड्काविच त्यहि वेलादेखि नै आन्तरीक मनमुटाब र आ–आफ्नो बैंकको कर्मचारीहरुको गुटबन्दी हुँदै आएको देखिन्छ । यो तथ्यलाई पनि आधार मानेर विश्लेषण गर्ने हो भने सुवेदी र उनिसँग नजिक भएका समुहलाई फसाउन खड्का निरन्तर रुपमा गोप्य ढंगबाट परिचालित भएको स्रोतको दावि छ । अत्यन्तै सुक्ष्म ढंगबाट प्रहरी र राष्ट्र बैंकले हेरिहरेको यो प्रकरणमा को, के कति दाषी भन्ने कुरा त पत्ता लाग्न सक्ला तर छानविन र अनुसन्धानकै दायरालाई थप फराकिलो बनाउँदै खड्का र उनको समग्र आर्थिक गतिविधिमाथि अनुसन्धान गर्नु पर्ने वित्तिय विज्ञहरुको धारणा छ ।

एकाएक लेखापरिक्षकको राजिनामा !

सप्तकोशी बैंक घोटला प्रकरणमा खड्काको अनुसन्धान माग उठ्दै गर्दा अर्को रहस्यको विषय पनि बाहिर आएको छ । जुन कुरामा राष्ट्र बैंक र प्रहरीको ध्यान गएको देखिँदैन । सप्तकोशी विकास बैंकमा लेखापरिक्षकको रुपमा इटहरीका रौनक कोइराला नियुक्त थिए । जब बैंकको यो घोटलाको सवालमा सिइओ सुवेदीले थाहा पाएर आफू स्वयम केन्द्रिय अनुसन्धान ब्युरो पुगेर छानविन र अनुसन्धानका लागि बैंककोतर्फबाट अनुरोध गरे तब लेखापरिक्षक कोइरालाको मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो र उनिले आतिदै प्रहरीले यो प्रकरणको अनुसन्धान प्रारम्भ गर्नुपूर्व एकाएक राजिनामा गरे । लेखापरिक्षकले हरेक वर्ष बैंकको आम्दानी र खर्च मात्रै होइन् त्यसको स्रोत र स्रोत परिचालन कहाँ भएको छ भन्ने थाहा पाउँछ । रौनकले वर्षौँसम्म लेखापरिक्षकको रुपमा बैंकका काम गर्दा निरन्तर आर्थिक घोटला भएको थाहा पाइरहे तर किन बाहिर ल्याएनन् रु लेखापरिक्षक कोइरालाले यो घोटला प्रकरण सतहमा आउनु एक महिना पूर्व मात्रै राजिनामा दिएका थिए । यसले कतै लेखापरिक्षक कोइरालाले यो विषय थाहा पाएर फस्ने डरले नै राजिनामा दिएका त हैनन् ? यो विषय पनि प्रहरी र राष्ट्र बैंकको अनुसन्धानको एउटा कडि बन्नसक्छ । यो बैक प्रकरणलाइ नजिकबाट विश्लेषण गर्ने विश्लेषकहरुले कतै एउटा समुहले अर्को समुहलाइ फसाउने ग्राण्ड डिजाइन त भइरहेको छैन भन्ने चर्चा पनि चल्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!