२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर २५ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ लाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सोमवारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बर्ड फ्लु नियन्त्रण गर्न विराटनगरको हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिए।

गत माघ १६ गते मोरङको ग्राथान–१ खुनियाकट्टा र बूढीगंगा–५ मा रहेका ५ वटा फार्ममा बर्डफ्लु भएको पुष्टि भएको थियो । संकट ग्रस्त क्षेत्र घोषणा गरेपछि बर्डफ्लु भेटिएका फर्मको ५० मिटर वरीपरि ४५ दिनसम्म कुनै पनि पक्षी पाल्न पाइदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!