२०८३ बैशाख ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,२५ माघ । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवार सूचना जारी भएको मितीले २१ दिनभित्र दिनुपर्ने छ । जसका लागि उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ ।

यसका साथै ३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा नकिायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिनसक्नेछन्।

शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ। उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!