२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १२ फागुन । सरकारले कृषकका लागि कृषि बीमा कार्यक्रम धेरै वर्षदेखि सञ्चालनमा ल्याएको छ । तर उक्त बीमा किसानको पहुँचमा छैन । राष्ट्रिय बीमा समितिको तंथ्याक हेर्ने हो भने कृषि र पशु बीमा कार्यक्रममा किसानको सहभागिता अति न्यून देखिन्छ ।

चालू आर्थिक वर्षको हालसम्ममा बीमाङक रकम ९ अर्ब २७ करोड, बीमा शुल्क ४१ करोड ३७ लाख, अनुदान २४ करोड ५२ लाख, बीमालेख संख्या ३६ हजार १ सय, दाबी भुक्तानी संख्या ३७, दाबी भुक्तानी रकम ३४ लाख, ४५ हजार रहेको छ ।

यस्तै आर्थिक वर्ष २०७७र७८ मा पशु तथा कृषि बीमामा बीमाङक रकम ४३ अर्ब ३० करोड, बीमा शुल्क १ अर्ब ९३ करोड, अनुदान १ अर्ब ४५ करोड, बीमा लेख संख्या १ लाख ९३ हजार, दाबी भुक्तानी संख्या २१ हजार ६ सय, दाबी भुक्तानी रकम ६४ करोड ९३ लाख रहेको छ ।

त्यसमा पनि बाली बीमा तर्फ बीमाङक रकम २ अर्ब ९१ करोड, बीमा शुल्क १५ करोड ३८ लाख, अनुदान ११ करोड ५३ लाख, बीमालेख संख्या ५ हजार २ सय, दाबी भुक्तानी संख्या १९ सय २३, दाबी भुक्तानी रकम १० करोड ४० लाख रहेको छ ।

यता पशु बीमा तर्फ भने बीमाङक रकम ४० अर्ब ३९ करोड, बीमा शुल्क १ अर्ब ६७ करोड, अनुदान १ अर्ब ३३ करोड, बीमालेख संख्या १ लाख ८८ हजार, दाबी भुक्तानी संख्या ११ हजार ७, दाबी भुक्तानी रकम ५४ करोड ५२ लाख रुपैयाँ रहेको छ । यसरी तथ्याङ्कलाई हेर्ने हो भने पशुमा भन्दा पनि बाली बिमाको अवस्था एकदमै दयनीय रहेको छ । पशु बीमामा भन्दा बाली बीमामा एकदमै चुनौती रहेको कम सङ्ख्यामा बिमा भएको बीमा समितिका निर्देशक सुशील देव सुबेदीले बताए । उनका अनुसार बाली बिमा गर्न एकदमै चुनौती रहेको छ भने किसानहरुमा बीमाबारे कुनै ज्ञान नै छैन ।

‘पशु बीमा गर्न अलि सजिलो छ । चार वटा खुट्टा भएको जनावरलाई एउटै समूहमा राखेर बीमा गर्न सकिन्छ’ उनले भने,‘तर आँपको छुट्टै, स्टाउँको छुट्टै, आँरुको बोटको चक्र फरक हुन्छ । जति बाली छन् । त्यति नीति नियम बनाउनु पर्ने हुन्छ । त्यहि भएर पनि एकदमै समस्या छ ।’

हालसम्म बीमा गर्नेको संख्या कम भए पनि पछिल्लो समयमा कृषि बीमा गर्नेको संखया बढ्न थालेको उनले बताए । साथै उनले किसानहरुमा बीमाबारे जनचेतना नजगाएसम्म कृषि बीमाको सङ्ख्यामा वृद्धि नहुने उनले स्पष्ट पनि पारे । ‘बीमा समितिले मात्र हैन, सबै क्षेत्रबाट किसानहरू माझ जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरौँ । नभए आगामी ५ वर्षसम्ममा पनि कृषि बीमा गर्नेको सङ्ख्यामा वृद्धि हुँदैन ।’ उनले भने ।

यता कृषि विभागका व।कृ।प्र।अ शिव सुन्दर घिमिरेले किसानहरुमा कृषि बीमाबारे प्रसार प्रचारको आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै उनले कतिपय अवस्थामा बीमा कम्पनीको त्रुटिका कारण पनि किसानहरुले बीमा नगरेको बताए । ‘सरकारले समयमा नै अनुदान उपलब्ध गराइ रहेको छ’ उनले भने,‘बीमा समिति तथा कम्पनीहरूले प्रत्येक कम्पनीमा कृषि शाखा खोली कृषि तथा पशुका प्राविधिक राख्न आवश्यक छ ।’

यस्तै बीमा कम्पनीहरूले भने कृषि बीमामा काम गर्ने कर्मचारीलाई तालिम नदिने, अनुदान रकम समयमा उपलब्ध नहुने, छाडा पशुको पनि बीमा क्लेम गर्ने गरेको लगायतका थुप्रै समस्या रहेको बताएका छन् । यता कार्यक्रमका अध्यक्ष एंव राष्ट्रिय किसान आयोगका अध्यक्ष डा। प्रेम प्रसाद दंगालले कृषि बीमाको तथ्याङक हेर्दा सन्तोषजनक नभएको बताए । ‘कृषि बीमा गर्ने किसानको संख्या हेर्दा लाजमर्दो अवस्थामा छ । ’ उनले भने । साथै उनले कृषि बीमाको पोलीसी नै परिवर्तन गर्न आवश्यक रहेको पनि उनले बताए ।

बीमा कम्पनीहरुको नियामक बीमा समितिले २०६९ देखि किसानलाई लक्षित गरेर कृषि बीमा कार्याक्रम शुरु गरेको थियो । नियामक निकाय बीमा समितिले निर्जीवन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन गरेको थियो । तर, यी बीमा समितिले दिएको निर्देशनअनुसार बीमा सस्थाले कृषि क्षेत्रमा बीमा गराउन सकेका छैन । अझैपनि बीमा कम्पनी ग्रामिण भेगका कृषकसम्म बीमा पुग्दैन ।

देशको जनसंख्याको करीब ७४ प्रतिशत जनता ग्रामीण परिवेशमा बसोबास गर्दछन् । उनीहरूको जीविकोपार्जन गर्ने मुख्य पेशा कृषि र्नै हो । मुख्यत ग्रामीण भेगको जनसख्या कृषिमा धेरै नै निर्भर छन् । जसका कारण सरकारले वार्षिक बजेट भाषणमा विकास, आर्थिक वृद्धि, गरिबी उन्मुलन, उच्च जीवनस्तरका लागि एउटा प्रमुख मुद्दा कृषि क्षेत्र बनाउदै आएको छ । यति धेरै जनता कृषिमा पेशामा संलग्न भएपनि कृषि बीमा कार्याक्रममा कृषिको सहभागिता शुन्य प्रतिशत छ ।

सरकारले कृषि बीमालाई कृषकमैत्री बनाउन नसक्दा यसको फाइदा खेती किसानीले लिन नपाएका हुन् । सरकारले कुल प्रिमियममा २० प्रतिशत मात्र किसानले र बाँकी ८० प्रतिशत मन्त्रालय अन्र्तगत बीमा समित मार्फत बीमा कम्पनिहरुले भुक्तानी पाउने व्यवस्था छ । जुन किसानलाई प्रिमियममा दिइएको अनुदान हो । यो अनुदान र बीमाका बारेमा अधिकांश किसान अनविज्ञ छन् । सरकारले नै कृषकलाई कृषि बीमाका बारेमा जानकारी गराउन सकेको छैन । जसका कारण किसान कृषि बीमामा सहभागी हुन सकेका छैन ।

सरकारले बाली तथा पशुपन्छी बीमा अन्र्तगत तरकारी फलफूल, मत्स्यपालन, मौरीपालन, रेशम खेती, केरा खेती, च्याउ खेती तरकारी खेती, केरा धान खेती, अलैची खेती, माछापालन र उखु खेतीमा संग्लन कृषकलाई बीमा गराउने सुविधा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!