२०७९ जेष्ठ ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १२ फागुन । वर्णशंकर ९हाइब्रिड० बीउ उन्मोचन (विकास) र जातिय विकासका लागि ३ वटा नीजि कम्पनीले अनुमति पाएका छन् । रूपन्देहीस्थित लुम्बिनी सिड कम्पनी प्रालि, काठमाडौंका गोर्खा सिड कम्पनी प्रालि र सियान सिड सर्भिस सेन्टरले बीउको विकास र जातिय बिकास गर्न पाउने बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी डा।प्रकाश आचार्यका अनुसार माघ १७ मा बसेको मन्त्रिपरिषद् बैठकले तीन स्वदेशी कम्पनीलाई वर्णशंकर जात परीक्षण र विकास गर्ने मान्यता दिएको हो । मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब राजपत्रमा प्रकाशन भएसँगै ती कम्पनीले वर्णशंकर बीउ उन्मोचन र जातिय विकास गर्न सुरु गर्ने छन् । सरकारले हाइब्रिड बीउ उन्मोचनका लागि पहिलो पटक निजी क्षेत्रलाई अनमुति दिएको हो । यो भन्दा पहिला कम्पनीहरुले एप्लाई गरे पनि मापदण्ड पुगेको थिएन । ‘यो भन्दा पहिला निर्देशिकामा व्यवस्था भए अनुसार कर्मचारी, पूर्वाधार, व्यवस्थापनको मापदण्ड नपुगेका कारण अनुमति दिइएको थिएन’ अनुमतिका लागि धेरै कम्पनीले एप्लाई गरेको भन्दै उनले भने,‘मापदण्ड नपुगेका धेरै कम्पनीलाई रिजेक्ट गरेका छौं । यो नियमित प्रक्रिया हो । निर्देशिकामा भए अनुसार मापदण्ड पुरा गर्ने कम्पनीलाई अनुमति दिन्छौं ।’

यस अघि बीउको नयाँ जात र तिनका स्रोत बीउ ९प्रजनन बीउ० उत्पादन मुख्यतः नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले गर्दै आएको थियो। बीउबिजन ऐन २०४५ र बीउबिजन उत्पादन तथा व्यवस्थापन निर्देशिका २०७३ ले पनि निजी क्षेत्रलाई अनुमति दिन सक्ने भनेको छ ।

हाल नेपालमा हाइब्रिड० बीउ उन्मोचन ९विकास० र जातिय विकासको अवस्था दयनिय छ । हालसम्म नेपालमै विकास भएका वर्णशंकर जात अत्यन्त कम छन् । तीमध्ये धानका दुई, मकैका सात तथा तरकारीका तीन मात्र छन् । तर किसानको माग वर्णशंकर नै छ । माग पूर्ति गर्न बर्सेनि अर्बौं रुपैयाँको बीउ आयात भइरहेको छ । केन्द्रका अनुसार वार्षिक साढे दुई अर्ब रुपैयाँको बीउ आयात हुन्छ । यसमध्ये सबैभन्दा बढी धानकै बीउ आइरहेको छ । र कति पय हाइब्रिड बीउ उन्मोचन र जातिय विकासको लागि अनुसन्धानको क्रममा रहेको छ ।

यी कुरालाई मध्यनजर गर्दै सरकारले नीजि क्षेत्रलाई बीउ उन्मोचन र जातिय विकासका लागि अनुमति दिइएको उनले बताए । ‘विदेशबाट धेरै हाईब्रिट बीउ आयात भइरहेको छ । त्यसलाई निरुत्साहित गर्दै नेपाली भेराइटिलाई प्रवद्र्धन गर्न नै लगि परेका छौं । यो हाम्रो राष्ट्रिय लक्ष्य नै हो ।’ उनले भने ।

अहिले १६ वटा विभिन्न बालीका ७२३ वटा जात उन्मोचन तथा दर्ता भएको छ । यसमध्ये नेपालमै विकास भएका तथा स्थानीय जात ३३९ वटा छन् । विदेशबाट आयातित जातको संख्या ३७८ छ ।

२० देखि २५ प्रतिशत उत्पादन वृद्धि गुणस्तरयुक्त बीउका कारण हुन्छ । हाल नेपालमा करिब २२ प्रतिशत बीउ औपचारिक क्षेत्रबाट आपूर्ति भइरहेको छ । यता २०२५ सम्ममा निजी क्षेत्रबाट तरकारीका १०, मकैका ५ र धानका ५ गरी २० वटा वर्णशंकर जात निजी क्षेत्रले विकास गर्ने लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!