२०७९ जेष्ठ ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १५ फागुन । नेपालमा पहिलो पटक अमेरिकाबाट ७ वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि ५ वटा जर्सी र २ वटा होल्स्टीन साँढे अमेरिकाको सिकागोबाट नेपाल ल्याइएको हो। वर्ल्ड बैँक र नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको कार्यक्रम अन्तर्गत मेट ग्रुपले गाई नेपाल ल्याएको हो । साँढेलाई नार्क अन्तर्गत प्रजनन् केन्द्र खुमलटारमा ४ दिन पशु क्वारेन्टाइनमा राखिने छ ।

९ देखि साढे २ वर्षको उक्त साँढेलाई क्वारेनटाइनपछि सरकारलाई हस्तान्तरण गरिने मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताए । उनका अनुसार १२ महिनाभन्दा बढी समयको सङ्घर्षपछि बल्ल साँढे ल्याउन सफल भएको हो ।

साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्वीक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक पवन श्रेष्ठले बताए । कम्पनीसँग १ करोड ३० लाखमा सम्झौता भएको थियो तर खर्च बढेर २ करोड पुगेको उनले बताए ।

सम्झौता भएको रकम भन्दा आफूले घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको पनि उनले बताए । ‘यो काम एकदमै जटिल रहेछ । सिकागोबाट दोहा, दिल्ली हुँदै नेपाल ल्याएका हौँ,’ उनले भने, ‘हाम्रो धेरै मेहनतपछि साँढे नेपाल ल्याउन सफल भयौँ । हामी धेरै खुसी छौँ ।’

अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिने पनि उनले बताए । ‘नेपालमा कृषि क्रान्तिका लागी हामीले पैसाको मुख हेरेनौँ । घाटै खाएर पनि नेपाल ल्याउन सफल भयौँ,’ उनले भने, ‘यसबाट दूधको उत्पादनमा बृद्धि हुने अपेक्षा गरेका छौं । किसानहरूको जीवनस्तरमा निकै सुधार आउने छ । नेपाली किसानले फाइदा लिन्छन् ।’

उक्त साँढे केहि दिन पछि राष्ट्रिय पशु प्रजनन् केन्द्र लाम्पाटन पोखरामा लगेर राखिने छ । त्यसको २र३ महिना पछि पोखरा केन्द्रमा भएका होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराई सके पछि त्यहाँ उत्पादन हुने सिमेन आम किसानलाई निःशुल्क वितरण गरिने छ ।

कसरी ल्याइयो त साँढे रु

यस अघि सन् १८४७ मा राणा शासनकालमा स्वर्गीय जंगबहादुर राणाले सद्भावनाको रूपमा बेलायतबाट जर्सी बुल्स आयात गरेका थिए । विश्व बैंकको आर्थिक सहयोगमा अर्थ मन्त्रालयबाट बजेटमा सूचीकृत यो पहिलो आयोजना हो । जुन करिब १० दशकको अन्तरालपछि बन्न लागेको कृषि मन्त्रालयअन्तर्गतको सपनाको आयोजना हो । त्यसपछि अहिले सरकारको कार्यक्रम मार्फत मेट ग्रुप र लजिस्टिक कम्पनीको प्रयासमा साँढे ल्याउन सफल भएका हो ।

‘यतिका वर्ष पछि धेरै चुनौतीलाई झेलेर साँढे नेपाल ल्याउन सफल भयौँ । यो आफैमा ऐतिहासिक क्षण हो,’ लजिस्टिक कम्पनीका निर्देशक श्रेष्ठले भने, ‘हामीले नै ल्याउन पाउनु त्यो एउटा उपलब्धि हो भने ल्याउन सफल भयौ । त्यो झन् ठुलो उपलब्धि हो ।’

नेपालमा कार्गो एयर एयरक्राफ्ट नआउने हुँदा साँढे ल्याउन धेरै समस्या झेल्नु परेको उनी सुनाउँछन् । ‘यो प्रोजेक्ट लिँदा नै सफल हुन पनि सक्छ र नहुन पनि सक्छ भन्ने थियो । हामीले त्यो रिस्क लिएर काम गरेका हौँ,’ उनले भने ।

सुरुमा सिकागोबाट कतार एयरवेज मार्फत साँढे कतारसम्म ल्याउने हिसाबले व्यवस्थापन गरे पनि पछि नेपाल एयरलाइन्स दोहाबाट कार्गो प्रिजेन्ट गर्न नसक्ने भएपछि त्यो प्लान नै रुद्ध गर्नु पर्ने अवस्था आएको पनि उनले सुनाए ।

त्यसमाथि जिउँदो पशुहरूको हकमा कुनै पनि एयरपोर्टमा २४ घण्टा भन्दा बढी राख्न पाउँदैन । ‘सामान आज आयो भने आजै गएर ल्याउनु पर्ने हुन्छ,’ उनले भने, ‘साँढे ल्याउन एक हिसाबले सबै व्यवस्थापन गरिसकेका थियौँ । फेरी क्वारेनटाइन समय सीमा र हेल्थ डकुमेन्टको अमेरिकामा एक्स्पायर भयो । एक्स्पाएर भएपछि फेरी एक महिना पछि सेडुल पर्खेर ल्याएका हौँ । ’

‘यसरी ल्याउँदा सम्झौता रकमको डबल घाटा खाएर ल्याउन सफल भयौँ । यसमा हामीले पैसा भन्दा पनि नेपालका लागि हुने पाइदा हेर्‍यौ,’ उनले भने । जसमा मेट ग्रुप, क्वीक फ्रेट लजिस्टिक कम्पनी, एयरलाइन्सको अथाह प्रयास पछि सफल भएको र त्यसमा अत्यन्तै खुसी लागेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!