२०७९ जेष्ठ ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । झारपात, पतिर, घाँस आदिलाई मात्र कुहाएर बनाएको मललाई कम्पोष्ट मल भन्दछन् । यो एक उच्च श्रेणीको प्रांगारिक मल हो ।

प्रांगारिक पदार्थका श्रोतहरू :-

(क) रुखबाट झरेका पातपतिङ्गरहरू

(ख) तरकारीबाली अथवाअरुबाली गोडेर निकालेका झारपात

(ग) हरियो अथवा सुकेको घाँसपात

(घ) तरकारी केलाएर फालिने बोका तथा पात

(ङ) भटमास, केराउ, बोडी, सिमी आदिको झ्यान

(च) अन्य जैविक पदार्थहरू

कम्पोष्ट मल दुई तरिकाबाट बनाउन सकिन्छ :-

१. खाल्डोमा पातपतिङ्गर आदि भरेर कुहाएर बनाउने तरिका

२. खाल्डोमा नभरी थुप्रो बनाएर पातपतिङ्गगर आदि कुहाएर बनाउने तरिका

(१) खाल्डोमा कम्पोष्ट मल बनाउने तरिका :-

खेतबारीको नजिक, अलिकति उठेको, पानी नजम्ने ठाउँमा खाल्डो खन्नुपर्छ । खाल्डो साधारणतया ३ मिटर लामो, १.५ मिटर चौडा र १ मिटर गहिरो भएमा राम्रो मानिन्छ ।
खाल्डोमा कुहाउने वस्तुहरू तह तह मिलाएर राख्नुपर्छ । तह धेरै बाक्लो हुनुहुँदैन । खाल्डोको आधा भाग मात्र कुहाउने वस्तुले भर्नुपर्छ । यसो गर्नाले पटक पटक पल्टाउन सजिलो पर्छ । कुहाउन राखिएका वस्तुहरू छिटो सडाउनको लागि चिस्थानको मात्रा हुन जस्ती छ । यसमा हावाको संचार हुनुपर्छ । हरेक तहमा एक-दुई बाल्टिन पानी छर्किनाले चिस्यान पुग्छ । कुहाउने वस्तुहरू कुहिन शुरु गरेपछि तापक्रम ६०-९० डि.से. पुग्दछ । यस तापक्रममा धेरैजसो रोगका कीटाणुहरू समेत नष्ट हुन्छन् ।

खाल्डोको आधा बाँकी राखेको भागमा खाल्डी भरेको एक महिनापछि पल्टाउनुपर्छ । दोश्रो पल्टाइ पहिलो पल्टाइको एक महिना तेश्रो पल्टाइ अथवा अन्तिम पल्टाई दोश्रो पल्टाइको एक-डेढ़ र महिनापछि गर्नुपर्छ । पल्टाउँदा माथिल्लो तहको वस्तु तल र तलको माथि पर्ने गरी पल्टाउनुपर्छ । पल्टाउँदा हरेक तहमा पानी, कम्प्लेक्साल र माटो मिसाउन बिर्सनु हुँदैन । धेरैजसो तेश्रो पल्टाइको एक महिनापछि कम्पोष्ट तयार हुन्छ । कम्पोष्ट तयार भएपछि सम्पूर्ण वस्तुहरू सड्छन् र मल हातमा लिई मिच्दा धूलो पर्छ ।
यसरी गरिएको मलमा बिरुवालाई चाहिने सबै तत्वहरू पाइन्छन् र यस्तो कम्पोष्ट मल बोटबिरुवालाई उत्तम हुन्छ ।

(२) खान्डो नखनि थुप्रो बनाएर कम्पोष्ट मल बनाउने तरिका :-

धेरै उच्च पहाडी क्षेत्रमा कम्पोष्ट मल खाल्डो नखनि थुप्रोमा वस्तु कुहाएर बनाउन सकिन्छ । यस्तो तरिकामा जैविक पदार्थहरू सन्साना टुक्रा तह पारी राखिन्छन् । कम्पोष्ट बनाइएका वस्तुहरू जमिनमा ३० से.मी. को बनाएपछि पानीले राम्ररी भिजाउनुपर्छ । त्यसपछि अलिकति युरिया मिलाई गोबर पातलो सतह हुने गरी छोपी दिनुपर्छ । यदि रासायनिक मल प्राप्त नभएमा गोबरसित अलिकति माटो र खरानी मिसाएर कुहाउने बस्तुलाई छोप्न सकिन्छ । यस्तै किसिमले वस्तुहरू राख्दै १ देखि १.५ मिटर बनाउनुपर्छ ।

थुप्रोको माथिल्लो भाग माटोले राम्ररी छोप्नुपर्छ, यसरी छोप्नुको अर्थ थुप्रोबाट खाद्य तत्व उडेर जान नदिनु हो । प्रत्येक एक महिनापछि माथिको वस्तु तल र तलको वस्तु माथि पर्ने गरी माथिकै विधिले पल्टाई छोप्नुपर्छ । ३-४ महिनामा कम्पोष्ट तयार हुन्छ । राम्ररी कुहेको कम्पोष्टको रङ्ग कालो हुन्छ र मल के बाट बनाएको हो भन्ने थाहा हुँदैन ।
कम्पोष्ट मलका फाइदाहरू :-

१. यसले माटोको गुण सुर्धाछ। कडा माटोमा यसको प्रयोगबाट माटो खुकुलो हुन्छ र बलौटे माटोमा कम्पोष्ट प्रयोग गर्नाले उचित मात्रामा कडा मलिलो बनाइदिन्छ । माटोमा रहेका, लाभदायक शुक्ष्म जीवाणुहरूको लागि अनुकूल वातावरण श्रृजना हुन्छ ।

२. माटोको उर्वराशक्ति सन्तुलित रहने हुँदा बालीको उब्जाउ घट्ने डर हुँदैन ।

३. रामरी तयार गरिएको कम्पोष्ट मलबाट बिरुवालाई रासायनिक मलबाट पाउन गाह्रो पर्ने शुक्ष्म तत्वहरू फलाम, तामा, आइरन आदि प्राप्त हुन्छ ।

४. यसको प्रभाव धेरै वर्षसम्म माटोमा रहिरहन्छ ।

५. कम्पोष्ट मल बनाउनले सड्ने बस्तुको सदुपयोग भइ सर-सफाई हुन्छ ।

६. माटोको पानी ग्रहण गर्न सक्ने शक्ति बढाउँछ ।

स्रोत:- तरकारी खेती प्रविधी पुस्तक

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!